Menu

आजको मौसम

निःशुल्क स्वास्थ्य शिविरबाट ३३१ जना लाभान्वित, ४१ जनाद्वारा रक्तदान

Author
News Feed |
November 22, 2026
Featured

वीरगंज , मङ्सिर ६ –

सशस्त्र प्रहरी बल, नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत वीरगंजमा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

२०८३ मंसिर ५ गते सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रा कुमारी जैशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३३१ जना सीमावासी नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् भने ४१ जनाले रक्तदान गरेका छन्। साथै, २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत वीरगंज महानगरपालिका–२५ स्थित मानव सेवा आश्रमका करिब ६० जनालाई भोजन गराइएको छ। त्यस्तै, १०० जनालाई साडी तथा २०० जनालाई कम्बल र झुल वितरण गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नं. २ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट, नेपाल प्रहरी प्रदेश कार्यालय पर्साका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पाली मगरलगायत सुरक्षा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3