Menu

आजको मौसम

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ

Author
News Feed |
November 21, 2026
Featured

दाङ , मङ्सिर ६ –

नेपाल प्रिमियर लिगसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन्।

लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजको तेस्रो तलाका दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले विभिन्न अनलाइन सट्टेबाजीका माध्यमबाट कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन्।

प्रहरीले घटनास्थलबाट दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरण बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3