Menu

आजको मौसम

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

Author
News Feed |
November 21, 2026
Featured

वीरगंज , मंसिर ५ –

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ।

यसअघि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

तर निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न नसकेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत यादवको नियुक्तिबारे जानकारी गराइएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3