Menu

आजको मौसम

भोटेकोसी बाढीमा बेपत्ता बाराका सत्येन्द्रको कुशको शव बनाएर दाहसंस्कार

Author
News Feed |
November 21, 2026
Featured

बारा , मंसिर ५ –

रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीका २७ वर्षीय सत्येन्द्र कुमार राउतको कुशको शव बनाएर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ।

बाढीपछि सम्पर्कविहीन भएका सत्येन्द्रको परिवारले लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लगाउन सकेन। सरकारी निकायमार्फत शव पहिचानलगायतका प्रयास गर्दा समेत जानकारी नपाएपछि परिवारले गाउँकै श्मशान घाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

सत्येन्द्र अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन अफ चाइनाको ठेक्काअन्तर्गत एक वर्षदेखि सेफ्टी अफिसरका रूपमा कार्यरत थिए। उनका श्रीमती ममता कुमारी र डेढ वर्षीय छोरा प्रिन्स पटेल छन्। उनका बुबा रामसनेही राउत र आमा बचिया देवी हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3