Menu

आजको मौसम

कलैयामा आगलागी हुँदा तीन घरमा क्षति, १० लाख ५५ हजारको धनमाल जलेर नष्ट

Author
News Feed |
November 24, 2026
Featured

बारा, मंसिर ८ –

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत्को तार सर्ट भएर आगलागी हुँदा तीनवटा घरमा क्षति पुगेको छ। आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अन्य दुई घरमा आंशिक क्षति पुगेको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ः३० बजे स्थानीय रतन महरा चमारको घरमा विद्युत्को तार सर्ट भई आगलागी सुरु भएको थियो। आगलागीबारे बिहान ३ः४० बजे प्रहरी चौकी मटिअर्वामा सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश कुमार साहको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा २५ जनासहित कुल २९ जना प्रहरी घटनास्थलमा परिचालित भएका थिए।

दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्थानीय ६५ वर्षीय रतन महरा चमारको काठ र माटोले बनेको खरको छाना भएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, साइकल, फर्निचरका सामग्री, गरगहना तथा तीनवटा बाख्रासमेत जलेर नष्ट भएका छन्। उक्त घटनाबाट करिब १० लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी, स्थानीय ७० वर्षीय धुरेन्द्र महराको काठ र माटोले बनेको खरको छाना भएको एकतले घरको छाना आंशिक रूपमा जलेको छ। उक्त घरमा करिब ४० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यस्तै, स्थानीय ६० वर्षीय हरिन्द्र रामको घरको छाना पनि आंशिक रूपमा जलेको छ। उनको घरमा करिब १५ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार तीनवटै घरमा भएको आगलागीबाट कुल १० लाख ५५ हजार रुपैयाँबराबरको भौतिक क्षति भएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

विद्युत् तार सर्ट भएर हुन सक्ने आगलागीबाट बच्न घरमा प्रयोग हुने विद्युत् तार, मिटर तथा अन्य विद्युतीय उपकरणको नियमित जाँच र मर्मत गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3