वीरगंज , मंसिर ५ –
ब्राइट कलेजका विद्यार्थीहरूले विपन्न तथा असहाय व्यक्तिहरूलाई खाद्यान्न वितरण गरेका छन्। कलेजअन्तर्गतको ब्राइट स्टुडेन्ट्स क्लबले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको हो।
क्लबमा आबद्ध विद्यार्थीहरूले विपन्न, असहाय तथा भोकाएका व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरेका थिए। पढाइसँगै विद्यार्थीहरूलाई सामाजिक सेवा, मानवीय सहयोग र समुदायप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ।
कलेजले यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। कार्यक्रम वीरगंज–९, घण्टाघरस्थित ब्राइट कलेज परिसरमा सम्पन्न भएको हो।
साभार:
घण्टाघर टिभी