Menu

आजको मौसम

उपकार सेवा नेपालद्वारा विद्यालयलाई पंखा र विपन्न परिवारलाई खाद्यान्न सहयोग

Author
News Feed |
November 24, 2026
Featured

पर्सा, मंसिर ८ –

उपकार सेवा नेपालले पर्साको पोखरिया नगरपालिका–९ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शिवर्वालाई दुई थान पंखा तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

नेजामुद्दीन शमानीको पहलमा गरिएको सहयोगअन्तर्गत विद्यार्थीहरूको सहज पठनपाठनका लागि विद्यालयलाई पंखा र आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

सोमबार आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, समाजसेवी मनोज पण्डित, कृष्ण पटेल र फरिन्दर गुप्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष शमानीले विद्यार्थीलाई अनुकूल वातावरणमा अध्ययन गर्न सहयोग पुर्‍याउने उद्देश्यले पंखा उपलब्ध गराइएको बताए।

संस्थाले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3