वीरगञ्ज -स्विट मार्ट फूड प्रा.लि. को चेक दुरुपयोग गरेको आरोपमा निरञ्जन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
कम्पनीका सञ्चालक शंकरलाल मित्तलले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।
जाहेरीमा कम्पनीका लेखापालसँगको साझेदारीमा कम्पनीको १ करोड २२ लाख रुपैयाँ बराबरको स्विट मार्ट फूड प्रा.लि. को चेक दुरुपयोग गरेको आरोप लगाइएको छ।
हिजै अग्रवाललाई पक्राउ गरेर अदालतमा पेश गरेर तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ।
यसै प्रकरणमा पत्रकार भरत सरार्फले पनि धाकधम्की दिएको आरोपमा जाहेरी दिएका छन्।
साभार:
घण्टाघर टिभी