Menu

आजको मौसम

वीरगंजमा मधेशकै पहिलो १९२ स्लाइसको सीटी स्क्यान मेसिन भित्रियो

Author
News Feed |
November 21, 2026
Featured

वीरगंज , मङ्सिर ५ –

वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर (बीएचसी) हस्पिटलले मधेश प्रदेशमै पहिलो पटक अत्याधुनिक प्रविधिको १९२ स्लाइसको सीटी स्क्यान मेसिन भित्र्याएको छ।

जर्मनीमा निर्मित सिमेन्स कम्पनीको उक्त मेसिन करिब ५ करोड रुपैयाँमा खरिद गरी अस्पतालमा ल्याइएको हस्पिटलका अध्यक्ष तथा सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिएका छन्।

अस्पतालमा यसअघि सञ्चालनमा रहेको १६ स्लाइसको सीटी स्क्यान मेसिनलाई विस्थापित गरी नयाँ मेसिन जडान गर्न लागिएको हो। शुक्रबार अस्पतालमा आइपुगेको मेसिनको जडान कार्य आइतबारदेखि सुरु गरिने र सम्भवतः मंसिरको दोस्रो सातादेखि सेवा सञ्चालनमा ल्याइने डा. अन्सारीले बताएका छन्।

नयाँ प्रविधिको मेसिनबाट शरीरका विभिन्न अंगको विस्तृत परीक्षण गर्नुका साथै केही प्रकारका क्यान्सरसम्बन्धी समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार हाल दैनिक औसत १२ देखि १५ जना बिरामीले सीटी स्क्यान सेवा लिँदै आएका छन्। नयाँ मेसिन जडानपछि पनि सेवाको शुल्क भने पुरानै कायम राखिनेछ। जसअनुसार सीटी स्क्यानको शुल्क न्यूनतम ३ हजार ५०० देखि अधिकतम ७ हजार ५०० रुपैयाँसम्म रहने डा. अन्सारीले जानकारी दिएका छन्।

नयाँ मेसिन सञ्चालनमा आएपछि वीरगंजसहित मधेस प्रदेशका बिरामीलाई आधुनिक स्वास्थ्य परीक्षण सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3