वीरगञ्ज, १८ कार्तिक । पर्साको वीरगञ्जबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको चाँदी जस्तो देखिने धातुका विभिन्न सामानहरूसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष चेकिङका क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित सिर्सिया चेक पोष्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय छपकैया पर्साबाट खटिएको प्रहरी टोलीले कार्तिक १७ गते अन्दाजी बिहान १०:०० बजेको समयमा शङ्कास्पद रूपमा गुडिरहेको BR05BK 4417 नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा उक्त सामानहरू बरामद भएको हो।
३२३ ग्रामभन्दा बढी धातु बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले बिना बिल/कागजात ओसारपसार भइरहेको जम्मा ३२३ ग्राम १३० मिलिग्राम तौल बराबरको चाँदी जस्तो देखिने धातुका सामानहरू फेला पारेको छ। बरामद गरिएका सामग्रीहरूमा निम्न वस्तुहरू रहेका छन्:

- चम्चा: ४ पिस
- सिक्री: १ थान
- प्लेट: १ थान
- गणेश लक्ष्मीको मूर्ति: २ थान
- माछाको आकृति: ५ पिस
- हरिणको आकृति: ३ पिस
- कछुवाको आकृति: ४ पिस
- गोरुको आकृति: १ पिस
पक्राउ पर्नेहरूको विवरण र कारबाही
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र सोही स्थान बस्ने ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र सोही स्थान बस्ने ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) चक्र बहादुर मल्लले बरामद गरिएका सामान, मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई थप आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिनुभएको छ।
साभार:
घण्टाघर टिभी