पर्सा मंसिर ८ –
वीरगंज महानगरपालिका–२१ परवानिपुरस्थित विजय साइकल स्टोरमा आइतबार राति आगलागी हुँदा लाखौँ रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ।
राति करिब १२ बजेपछि भएको आगलागीबाट पसलमा रहेका विभिन्न किसिमका साइकल तथा स्पेयर पार्ट्स जलेर नष्ट भएका छन्।
पसल सञ्चालक विकास कलवारका अनुसार, पसलसँगै रहेको देवकुमार महतोको घरमा डेरा गरी बस्ने एक व्यक्तिले पसलबाट धुवाँ निस्किएको देखेपछि खबर गरेका थिए। त्यसपछि स्थानीय छिमेकीहरू जुटेर आफैँ आगो निभाएका थिए।
आगलागीका बेला वीरगंज महानगरपालिकाको दमकलमा फोन गर्दा फोन नउठेको भन्दै सञ्चालकले गुनासो गरेका छन्।
साभार:
घण्टाघर टिभी