Menu

आजको मौसम

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Author
News Feed |
November 21, 2026
Featured

पर्सा , मङ्सिर ५ –

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने फाइनल खेल बेलुका ५ बजे सुरु हुनेछ।

यसअघि दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक लुम्बिनी लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ।

सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। तर पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो। लिग चरणको पहिलो भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। पहिलो संस्करणको फाइनलमा भने सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो।

उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट नेपाली खेलाडीले कार र उदीयमान खेलाडीले मोटरसाइकल पाउनेछन्।

गएको कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज समापन हुँदैछ। यस संस्करणमा डीआरएस प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त मान्यतालाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साथै, डेभिड मिलर, डेभिड वार्नर र आन्द्रे रसेललगायत विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3