Menu

आजको मौसम

अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो

Author
News Feed |
November 24, 2026
Featured

धनुषा, मंसिर ८ –

भारतको अयोध्याबाट नेपालका लागि छुटेको ‘सरयू कमला एक्सप्रेस’ रेल आज बिहान धनुषाको जनकपुरधाम आइपुगेको छ।

हिजो दिउँसो अयोध्याबाट प्रस्थान गरेको रेलमा आएका तीर्थयात्री तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय श्रममन्त्री रामजी यादवसहित सरकारी टोली र स्थानीयवासीले स्वागत गरेका छन्। उनीहरूलाई नेपाल र भारतको राष्ट्रिय झण्डा तथा फूलमालासहित स्वागत गरिएको थियो।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ अन्तरदेशीय सीधा रेल सेवा सुरु गरिएको हो।

उक्त रेल सेवाको व्यावसायिक सञ्चालनसमेत छिट्टै सुरु गर्ने तयारी गरिएको छ। प्रारम्भिक योजनाअनुसार रेल हप्तामा एक दिन व्यावसायिक रूपमा सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3