Menu

आजको मौसम

बङ्गलादेशमा राजनीतिक हिंसा बढ्यो, १२४ जनाभन्दा बढी पक्राउ

Author
News Feed |
November 21, 2026
Featured

ढाका , मंसिर ५ –

बङ्गलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विभिन्न स्थानमा आगजनी, तोडफोड र बम विस्फोटका घटना भएका छन्। घटनापछि राजधानी ढाकामा प्रहरीले अवामी लिगसँग सम्बन्धित १२४ जनाभन्दा बढीलाई पक्राउ गरेको छ।

यसअघि बिहीबार अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए। त्यस्तै, बुधबार नडाइलमा प्रदर्शनबाट फर्किने क्रममा बीएनपीका दुई नेताको हत्या भएको थियो।

मंगलबार रातिदेखि भएका हिंसात्मक घटनामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको प्रहरीको दाबी छ। सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगले देशलाई अस्थिर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

यसैबीच, ढाकास्थित उच्च अदालतले डिसेम्बर ३१ सम्म देशभरका सार्वजनिक विश्वविद्यालयको प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ।

सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारतमा बस्दै आएकी छन्। स्वदेश फर्कने विषयलाई लिएर अवामी लिगले हड्ताल घोषणा गरेपछि बङ्गलादेशको राजनीतिक अवस्था थप तनावपूर्ण बनेको छ।

हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3