Menu

आजको मौसम

डिसेम्बर १६ मा स्वदेश फर्कने शेख हसिनाको घोषणा

Author
News Feed |
November 24, 2026
Featured

पर्सा , मङ्सिर ८ –

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन्। बङ्गलादेशले सन् १९७१ मा स्वतन्त्रता प्राप्त गरेको दिनको सम्झनामा डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाउने गरेको छ।

समाचार संस्था एएफपीका अनुसार हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय वायुसेवामार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन आग्रह गरेकी छन्।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी हसिना भारतमा निर्वासनमा रहँदै आएकी छन्। सन् २०२५ मा विशेष न्यायाधिकरणले प्रदर्शनकारीमाथि भएको दमनका लागि जिम्मेवार ठहर गर्दै उनलाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो।

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त घटनामा करिब १ हजार ४ सय जनाको ज्यान गएको थियो। हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउँदै आएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3