Menu

आजको मौसम

बारामा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते

Author
News Feed |
November 03, 2026
Featured

बारा, कार्तिक १७ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर एक जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही ठाउँका ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

घाइते रमौलीको वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेको कमाण्डमा खटिएको टोली, डुमरवाना अस्थायी प्रहरी पोस्ट र इलाका प्रहरी कार्यालय सिमराबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3