Menu

आजको मौसम

सर्पदंशपछि जनकपुर प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Author
News Feed |
October 01, 2026
Featured

जनकपुरधाम , असोज १५ –

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवको सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको छ।

परिवारका अनुसार मंगलबार राति करिब १२ः३० बजे विषालु सर्पले टोकेपछि यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो।

अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएकोमा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि चिकित्सकले राति करिब २ बजे आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने बताएका थिए।

तर आईसीयू तथा भेन्टिलेटर खाली नभएको भन्दै उनलाई थप उपचारका लागि सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको परिवारको भनाइ छ। उपचार केन्द्र पुगेपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।

परिवारका अनुसार सर्पले टोकेपछि यादव आफैं अस्पताल पुगेका थिए। घटनापछि अस्पतालमा आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था नहुँदा बिरामीले समयमै उपचार नपाएको भन्दै प्रश्न उठेको छ। घटनाबारे अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3