Menu

आजको मौसम

दुई महिनामै मधेसमा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु

Author
News Feed |
October 04, 2026
Featured

जनकपुरधाम , असोज १८ –

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा मधेस प्रदेशमा विपद्का ४५९ वटा घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५१० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विपद्मा मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन् । विपद्का घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ । दुई महिनामा करेन्ट लागेर मात्रै ३९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, नदी, पोखरी तथा गड्ढामा डुबेर २९ जना, जङ्गली जनावरको आक्रमणबाट ५ जना, चट्याङबाट ३ जना र आगलागीबाट १ जनाको मृत्यु भएको छ । अन्य प्रकृतिका विपद्मा परी १३ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार पानीमा डुब्ने तथा करेन्ट लाग्ने घटनामा बालबालिका बढी जोखिममा परेका छन् । दुई महिनामा आगलागीका ११२ र करेन्टका १०७ घटना भएका छन् । यसैगरी पानीमा डुब्ने ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० वटा घटना भएका छन् ।

विपद्का कारण प्रदेशभर २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट मात्रै २१२ परिवारका घर नष्ट भएका छन् भने २ करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको तथ्याङ्क छ ।

विपद्मा परेका नागरिकको उद्धार, खोजी तथा राहत व्यवस्थापनका लागि दुई महिनाको अवधिमा मधेस प्रदेशभर २ हजार ८६९ जना प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीले असार, साउन र भदौमा खोलानालामा पानीको बहाव बढ्ने तथा पोखरी, खाल्डाखुल्डी र अन्य जलाशयमा पानी जम्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै करेन्ट र आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय तह तथा समुदायस्तरमा पूर्वसावधानी, जोखिम पहिचान र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा प्रहरीले जोड दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3