स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्ज कारागारमा मन्त्री यादवको निरीक्षण,पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन

SHARE: 520

वीरगन्ज,१७ कार्तिकःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज कारागारको स्थलगत निरीक्षण गर्दै त्यहाँ रहेका कैदी–बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा र उनीहरूले भोगिरहेका समस्याहरू बारे जानकारी लिएका छन् ।

शनिबार बिहानै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसंगै कारागारको अनुगमन गर्न पुगेका मन्त्री यादवले कैदीबन्दीहरूसंग संवादपनि गरे । कारगारमा कैदीबन्दीहरूले भोगिरहेका कठिनाई सुनेपछि मन्त्री यादवले तुरुन्तै सुधारका लागि पहल गर्ने वाचापनि जनाए ।

मन्त्री यादवसंगको संवादका क्रममा कैदीबन्दीहरूले कारागारमा खानेपानी र शौचालयको अभाव रहेको, विद्युत् आपूर्तिमा समस्या रहेको र महिला कैदीबन्दीहरू जीर्ण भवनमै बस्नुपर्ने बाध्यता रहेको लगायतका समस्या सुनाएका थिए । महिला कैदीहरूले आफ्नो बसोबास स्थान असुरक्षित र अस्वास्थ्यकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरूमा सुधार गर्न मन्त्री यादवसंग आग्रह गरे ।

मन्त्री यादवले कैदीहरूको गुनासालाई गम्भीरतापूर्वक लिदैं भने, “कारागारमा रहेका प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउनु पर्छ । विशेष गरी महिला कैदीहरूको लागि शौचालय, बसोबास र खानेपानीको उचित व्यवस्थापन प्राथमिकताका साथ गरिनेछ । यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारात्मक कदम चाल्नेछौँ ।” उनले महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिई कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशनपनि दिए ।

मन्त्री यादवसंगै निरीक्षणमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कारागार सुधारमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “महानगरपालिकाले महिला कैदीहरूको स्वास्थ्य, सरसफाइ, र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न तत्पर छ । महिला कैदीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन स्थानीय तहले राज्यका अन्य निकायहरूसँग सहकार्य गर्नेछ ।”

मेयर सिंहले विशेष गरी महिला कैदीहरू बस्दै आएको जीर्ण भवनको अवस्थालाई सुधार गर्न महानगरको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धतापनि जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पनि कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै भने, “प्रहरीको जिम्मेवारी केवल सुरक्षा सुनिश्चित गर्नु मात्र होइन; मानव अधिकारको प्रत्याभूति गराउँदै कैदीहरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्नु हो । महिला कैदीहरूको स्वास्थ्य र स्वच्छताका सवालमा प्रहरीको भूमिका सशक्त हुनेछ ।”

वीरगन्ज कारगारका जेल विनय श्रीवास्तवका अनुसार ६ सय मात्र क्षमता रहेको कारागारमा हाल ११ सय भन्दा बढी कैदीबन्दीहरुलाई राखिएको छ ।

The post वीरगन्ज कारागारमा मन्त्री यादवको निरीक्षण,पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन appeared first on Madhes Khabar.


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,362,Madhes Khabar,362,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,138,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्ज कारागारमा मन्त्री यादवको निरीक्षण,पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन
वीरगन्ज कारागारमा मन्त्री यादवको निरीक्षण,पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2024/11/birgunj-2.jpg?resize=1400%2C787&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/11/blog-post_2.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/11/blog-post_2.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content