ग्यासु मिया देवान
बिरगंज / डिभिजन बन कार्यालय पर्साका कार्यालय प्रमुख भएर आउनु भएका मन्जुर अहमद आएको केहि दिनमै यस पर्सा जिल्लाको बन जोगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरिराख्नु भएको स्थानीयहरुले बताए ।
बन संरक्षण, बिच्छारोपन र बिरुवा वितरण लगायत बन अतिक्रमण जग्गा खाली गराउनको साथै बन चोरी तस्करी रोक्न दिन रात गस्ती गरिरहनु भएको सबैया बन साझेदारी ब्यवस्थापन समुहका अध्यक्ष लखन लाल साहले बताए ।
वहा आएको केहि दिन नबित्दै पर्साको विभिन्न स्थान बनवा बजार, रंगपुरटाडि, सबैया र सोल्खपुर लगायतको ठाउँबाट बन फटानी गरि सालको गुल्या काठ चोरी गरि ल्याइएको अवस्थामा डिभिजन बन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदको कमान्डमा खटिएको गस्ती टोलिले उक्त काठ दाउरा र साइकल समेत मानिस पक्राउ गरि आवस्यक कानुनी कार्यवाही गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्लाको विभिन्न स्थानमा रहेको सब-डिभिजन बन कार्यालय, र रेन्ज पोस्टहरुमा कडाइका साथ आ-आफ्नो एरियामा बन संरक्षणमा बिशेष नीग्रानी राख्नका साथै काठ दाउरा चोरी तस्करी रोक्न गस्ती समेत गर्न निर्देशन दिएको साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्षहरुले बताएका हुन ।
पर्सा जिल्लामा ११५०० हेक्टर क्षेत्रफलमा फैलिएको बन जंगललाई संरक्षण गर्नको निमित्त बन जंगल संग जोडिएको महानगर पालिका, नगरपालिका र गाउँपालिकाहरु लगायत सम्बन्धित सरोकार वालाहरु संग समन्वय र सहकार्य गरिरहनु भएको स्थानीय बुद्धिजीवीहरुले बताए ।
डिभिजन बन कार्यालय पर्साका प्रमुख भएर आउनु भएको DFO मन्जुर अहमदले आएको एक महिना नबित्दै पहिलो प्राथमिकता पर्सा जिल्लालाई हराभरा बनाउने उदेश्यका साथ आ.ब.०८०/०८१ मा पर्सा जिल्लाको आफ्नै बन नर्सरीबाट उत्पादित सात लाख विभिन्न जातजातिका बिरुवा रुखहरु पर्साका सबै स्थानीय तह पालिकाहरुमा नि:शुल्क वितरण गरिएको डिभिजन बन कार्यालय पर्साले बताए ।
प्रतिक्रिया