ग्यासु मिया देवान
बिरगंज, सावन,२२/ जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको प्रहरी चौकी इनर्वाको टोलिले बिरगंज महानगरपालिका वडा न,१६ मा पर्ने शंकार आचार्य गेट स्थित सडक खण्डमा चेक जांचमा खटिएको प्रहरी टोलि आज प्रतिबन्धित लागु औषध दस किलो चरेस पक्राउ गरेको छ ।
नेपालबाट भारत तर्फ पैदल हिडिरहेका दुई जना ब्याक्तीहरुलाई संका लागि चेक जांच गर्दा उक्त परिमाणको प्रतिबन्धित लागु औषध चरेस पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी दिपक भारतीले बताउनु भएको हो ।
भारत बिहार पुर्वी चम्पारण रक्सौल वडा न,१ परेवा बस्ने बर्ष ३५ को अनवर आलम र भारत बिहार पुर्वी चम्पारण मोटिहारी छतवना बस्ने बर्ष २२ को इम्तियाज आलम समेत दुई जनाले कालो रंगको प्लास्टिक झोलामा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित लागू औषध १० केजी चरेस पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाउनु भएको छ ।
प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक अजय राम आएको एक महिना नबित्दै विभिन्न मालसामान पक्राउ गर्नुको साथै आज ठूलो परिमाणको प्रतिबन्धित लागु औषध १० केजी चरेस पक्राउ गरिएको स्थानीयहरुले बताए ।
प्रतिबन्धित लागु औषध चरेस सहित पक्राउ परेका दुबै जनालाई लागु औषध सम्बन्धि कसुरमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले यस क्राइम न्युजलाई जनाएका हुन ।
प्रतिक्रिया