ग्यासु मिया देवान
बिरगंज / मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज बिरगंजमा चेतनामूलक कार्यक्रम गरिएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिरगंज-२, छपकैया र माइती नेपाल, आफन्त नेपाल, आशिष सामाजिक सेवा संस्थाको संयुक्त सहभागितामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिरगंज-२ छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका हुन ।
मानव बेचबिखन अपराधलाई न्यूनीकरण गर्न र आम जनताहरुलाई सचेत गराउनको निमित्त आजको यस कार्यक्रम महत्वोपुर्ण रहेको आफन्त नेपालका प्रमुख बिनोद कुमार खातीले बताए ।
बिगत देखिनै मानव बेचबिखन तथा चेलीबेटी ओसारपसार विरुद्ध लगायतको कार्यक्रममा सक्रिय भुमिका निभाउन हामी सधै तत्पर रहेको माइती नेपाल बिरगंजका प्रमुख गोमा पौडेलले बताइन् ।
आजको उक्त मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक घरदैलो कार्यक्रममा पर्चा पम्पलेट समेत वितरण गरिएको थियोे ।
आजको उक्त मानव बेचबिखन विरुद्ध चेतनामूलक कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई, उपाध्यक्ष अब्दुल हक अन्सारी, सचीव प्रबिन बिक्रम शाह, माइती नेपालका गोमा पौडेल, आफन्त नेपालका बिनोद कुमार खाती, आशिष सामाजिक संस्था नेपालका कौशिला बिक, शोभा परियार, पुजा शाही, सीता क्षेेत्रि, र अनिशा गौतम लगायत इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक, प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक बिनोद यादव, प्रहरी हवल्दार लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, र आम जनताहरुको व्यापक सहभागितामा भएको सो कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले यस क्राइम न्युजलाई बताउनु भएको हो ।
प्रतिक्रिया