ग्यासु मिया देवान
बिरगंज / भारतको ७७ औ स्वतन्त्रता दिवस धुमधामका साथ मनाइएको छ ।
भारतको महाबाणिज्य दूतावास बिरगंजको परिसरमा आज एक भब्य कार्यक्रम गरि मनाइएको हो ।
सन, १९४७ अगस्त १५ तारीखको भारत आजाद भएको र सोही दिन भारतका जनताहरुलाई आजादी पाएको उपलक्ष्यमा प्रत्येक बर्ष १५ अगस्तको स्वतन्त्रता दिवस मनाउने गरेको हो ।
भारतको महाबाणिज्य दूतावास बिरगंजका प्रमुख महाबाणिज्य दुत नितेश कुमारले भारतका महामही सम्मानिय राष्ट्रपतिको सन्देश बाच्न गरिएको थियो साथै मधेस प्रदेश सरकारका मुख्यमन्त्र सरोज कुमार यादव शुभकामना मन्तव्य दिनुभएको थियो ।
स्वतन्त्रता दिवसको उपलक्ष्यमा विभिन्न कलेज र स्कुलका बिद्यार्थीहरुले संस्कृति तथा नाटक प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु, विभिन्न राजनीतिक दलका नेताहरु, उद्योगपतिहरु र सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा भारतको महाबाणिज्य दूतावासका सम्पुर्ण परिवार लगायत सर्वसाधारणको उल्लेखनीय सहभागितामा भएको उक्त भारतको ७७ औ स्वतन्त्रता दिवस कार्यक्रम संचालन दूतावासका संचार प्रमुख शशि कुमारले गर्नु भएको थियोे ।
प्रतिक्रिया