बीरगन्ज / महिला सशक्तीकरणको लागी आयोजित कम्प्युटर सीपमुल्क अधारभुत ४५ दिने तालिम आज एक कार्यक्रम गरि समापन भएको छ ।
प्रदेश सभा सदस्य माननीय बिणा देवी शर्माको आफ्नो संसदीय बिकास कोषबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन उदेश्यका साथ उक्त तालीमको आयोजना भएको माननीय बिना देबि शर्माले बताइन्
विभिन्न समुदायका ४० जनामहिलाहरुलाई कम्प्युटरको तालिम दिलाउन सफल भएको हो ।
महिला शशक्तिकरणको लागि आयोजित ४५ दिने कम्प्युटर तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय बिणा देवी शर्मा, बिशिस्ट अतिथि पुर्वाधार बिकास कार्यालय पर्साका प्रमुख सि. डि. ई दिपक कुमार मिश्रले तालिम प्राप्त गरेका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको हो ।
राजन कुमार श्रीवास्तवको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा पर्साका ४० जना महिलाको सहभागितामा सभ्य र भब्य रूपमा सम्पन्न भएको हो ।
प्रतिक्रिया