वीरगन्ज, १७ जेष्ठ : पर्साको एक परोपकारी संस्थाले ग्राममीण भेगका विपन्न र दलित समुदायका बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई विभिन्न सामाग्री सहयोग गरेको छ ।
उपकार सेवा नेपालले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा दलित र विपन्न समुदायका बाललबालिकालाई निशुल्क ट्युसन पढाउँदै आएको दलित उत्थान समुदायिक समुहलाई सहयोग गरेको हो ।
पोखरियामा दलित उत्थान समुदायिक समुहले विपन्न र दलित समुदायका करिब एक सय बालबालिकालाइ आफ्नै व्यवस्थापनमा शिक्षिका राखेर निशुल्क ट्युसन पढाउँदै आइरहेको छ ।
उपकार सेवा नेपालले उक्त सस्ंथालाई व्हाइट बोर्ड २ थान, मार्कर १ प्याकेट, डस्टर २ थान, स्ट्यान्ड पंखा २ थान, कपि ,कटर,पेन्सिल,इरेजर लगायतका सामग्रीहरु सहयोग गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगी ,सदस्यद्वय सुमन बगेडिया र अन्कुर शर्माले दलित उत्थान समुदायिक समुहका कोषाध्यक्ष जादोलाल राम, सचिव रमेश्वर राम तथा ट्युसन पढाउने शिक्षिकाद्वय पूजा कुमारी राम र फूलकुमारी देबि रामलाई ती सामग्री हस्तान्तरण गरेको थारुले बताए ।
The post बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया