ग्यासु मिया देवान
बिरगंज / बिरगंज कारागारमा महिला कैदीबन्दीहरुलाई स्वास्थ सम्बन्धि सामग्री एक कार्यक्रम गरि वितरण गरिएको हो ।
लायन्स क्लब बिरगंज टिमले आयोजना गरेको उक्त भब्य र सभ्य कार्यक्रममा बिरगंज कारागारमा महिला कैदीबन्दी जीवन बिताइरहेका ६६ जना महिलाहरुलाई स्यानेटरी पैड १२० थान वितरण गरिएको लायन्स क्लब वालकिङ टिम (एन.एल..फ.) का उपाध्यक्ष देवब्रत आर्यले जनाएका हुन लायन्स क्लबका डि.जि.देवकी नन्दन अग्रवाल ज्युको प्रमुख अतिथित्यमा सम्पन्न उक्त कार्यक्रममा महिलाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतनामूलक सामाग्री हस्तान्तरण गरिएको र उक्त स्वास्थ्य सामाग्री कारागारमा कष्टकर जीवन बिताइरहेका महिला बन्दीहरुको केही राहत हुने तथा मानवीय सहयोगमा समर्पित उदेश्यको साथ उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
आजको उक्त सराहनीय कार्यक्रममा बिरगंज कारागारका निमित्त प्रमुख नवराज बरतौला, सशस्त्र प्रहरी बल सुरक्षा गुल्म कारागार प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक लछमण बराल, डाक्टर बिमला बौच्छार, स्वास्थ्यकर्मी दिपक यादव लगायत लायन्स क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरु र स्थानीय समाजका बुद्धिजीवी हरुको बाक्लो उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया