स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बालकृष्ण खाँणको मोबाइलमा भेटिएन नक्कली शरणार्थीसँग सम्बन्धित विवरण

SHARE: 520

फाइल फोटो

 

काठमाडौं , ८ जेष्ठ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ ।

त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

खाँणले प्रहरी पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरीलाई आशंका थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए । मोबाइलबाट नयाँ विवरण फेला नपरेपछि उनलाई गिरोहलाई अनुकूल हुने गरी निर्णयहरु गराएको आरोपमा पक्राउ गरिएकाले त्यति फरक नपर्ने अधिकृतहरु बताउँछन् ।

‘अझै माथिसम्म जानसक्छ कि भन्ने थियो, त्यो चाहिँ देखिएन’, एक अधिकृत भन्छन् ।

प्रहरीका अनुसार पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले आफूअनुकूल प्रतिवेदन नदेखिएपछि मन्त्रालय नेतृत्वलाई प्रभावमा पारेर गिरोहले त्यसलाई सच्याउन अर्को उपसमिति गठन गराएको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा त्यसलाई सच्याउन अर्को उपसमिति बनाएका थिए ।

तर, उपसमितिले काम गरेको थिएन । बयानमा तत्कालीन सचिव पाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा सबै काम गरेको जिकिर गरेका थिए । यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

१६ जनालाई नै फरार प्रतिवादी बनाएर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको छ ।साभार : अनलाइनखबर

The post बालकृष्ण खाँणको मोबाइलमा भेटिएन नक्कली शरणार्थीसँग सम्बन्धित विवरण appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: बालकृष्ण खाँणको मोबाइलमा भेटिएन नक्कली शरणार्थीसँग सम्बन्धित विवरण
बालकृष्ण खाँणको मोबाइलमा भेटिएन नक्कली शरणार्थीसँग सम्बन्धित विवरण
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/balkrishna-khand-.jpg?resize=960%2C552&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_894.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_894.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content