वीरगन्ज, ८ जेष्ठ : बाराको सुवर्ण गाउँपालिकामा प्रधानाध्यापक सरुवाको विषयलाई लिएर प्रहरी र विद्यार्थीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा विद्यार्थी र प्रहरी गरि दुवै पक्षका केही घाइते भएका छन् ।
सुवर्ण गाँउपालिका वडा नम्बर ४ हर्दियास्थित नपाल राष्ट्रिय माविका प्रधानाध्यापक रामएकबाल साहको गाँउपालिकाले सरुवा गरेपछि त्यसैको विरोधमा सोमबार विद्यार्थीहरुले गाउँ कार्यपालिका र विद्यालयमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा दुवैबीच झडप भएको हो ।
गाँउपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गर्दै आजगजनीसमेत गर्न खोजेपछि त्यसलाई प्रहरीले रोक्न खोज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
विधार्थीहरुको प्रदर्शन र तोडफोडका कारण सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन जिल्लाको अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
पालिकाअन्तर्गतको शिक्षा शाखाबाट हर्दिया प्रशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित अन्य विद्यालयका समेत केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आक्राशित बनाई आन्दोलनको नाममा तोडफोड गराउनमा केही शिक्षकहरू उद्दत देखिएको पालिका अध्यक्ष राजेश राय यादवले बताए ।
गाँउपालिकाका शिक्षा शाखा प्रमुख विद्यानन्द यादवले विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि शिक्षकहरु हेरफेर गर्र्दा त्यसैको निहुमा विद्यार्थीहरुले अराजकता प्रदर्शन गरेको बताए ।
The post प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप appeared first on Madhes Khabar.
साभारः मधेसखबर
http://dlvr.it/SpSpqG
http://dlvr.it/SpSpqG
प्रतिक्रिया