मधेसखबर
वीरगन्ज ,२२बैशाख: नेपाल राष्ट्रवाद संघले पुर्व राजा ज्ञानेन्द्र शाहले दिएकाे पछिल्लो अभिव्यक्तिकाे स्वागतमा वीरगन्जमा दिप प्रज्वलन गरेकाे छ ।
पछिल्लो हप्ता नेपालगन्जमा भएकाे एक कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरुका कारण मुलुक संकटमा पुगेकाले देशलाई जाेगाउन अब नेपाली जनता सडकमा आउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
पुर्व राजा ज्ञानेन्द्रकाे त्यहि अभिव्यक्तिकाे स्वागतमा नेपाल राष्ट्रवाद संघ पर्साले शुक्रबार साँझ घणटघर चाेकमा दिप प्रज्वलन गरेकाे हाे । पुर्व राजा ज्ञानेन्द्रकाे अभिव्यक्ति देश र जनताकाे हितमा रहेकाले उक्त अभिव्यक्तिकाे स्वागतमा दिप प्रज्वलन गरि दिपावली मनाइएको नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए ।
साहकै अध्यक्षतामा भएकाे दिप प्रज्वलन कार्यक्रममा वीरगन्जका राजावादीहरुकाे पनि सहभागीता रहेकाे थियाे ।
The post पुर्वराजा ज्ञानेन्द्रले दिएकाे अभिव्यक्तिकाे स्वागतमा वीरगन्जमा दिप प्रज्वलन appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया