स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

देवताल गापाको कल्याणपुर मतदान केन्द्रबाट चारजना पक्राउ

SHARE: 520

बारा, १० वैशाख । बाराको देवताल गाउँँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ ।
अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारामा जसपाले बुथ क्याप्चर गर्रुयो ः सिके राउत
बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपचुनावका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।
बारा क्षेत्र नम्बर २ मा उपचुनाव भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए ।
'बेलडारी, झिटकैयासहित अरू १–२ वटा बुथहरू अहिले पनि कब्जा भएको स्थिति छ,' राउतले भने, 'हामीले प्रशासनलाई आग्रह गरेका छौं ।' उनले पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नै नदिएको आरोप लगाए ।

धाँधली रोक्न एमाले उम्मेदवार पौडेलको माग
बारा । बारा २ का एमाले उम्मेदवार पुरूषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।
उम्मेदवार पौडेलले ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, ईनरवा, सनफुलवा, सिंचाइ वुथ लगायतका वुथहरूमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुर्ईटा मत खसाउने जस्ता धाँधलीका रूपहरू नागो रूपमा देखिई रहेको बताएका छन् ।
'ठाउँ ठाउँमा मतदाताहरू रोक्ने, इनरवा, सनफुलवा, सिञ्चाई  वुथ लगायत वुथहरूमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुर्ईटा मत खसाउने जस्ता धाँधलीका रूपहरू नाङगो रूपमा देखिइरहेका छन', पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, 'यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।' 

Virus-free.www.avast.com

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: देवताल गापाको कल्याणपुर मतदान केन्द्रबाट चारजना पक्राउ
देवताल गापाको कल्याणपुर मतदान केन्द्रबाट चारजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEg4pPRjU4aN0ZOGbQGtFPzODSnjYszdyJ_zEmBE6xoDY7e8LTfvkuRlVtnDAnXH6YklO_tKyRHl-25n41J_a4MiMrt5SwGC7E7VR98GYhgyebjzoXQIW-Td5R5VzT3JcLW4XjieDS_QF1tU6KS5_IaD0oO26-9ABm5NraT9glzfLvEg0oj5Aq_t1VzKOg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEg4pPRjU4aN0ZOGbQGtFPzODSnjYszdyJ_zEmBE6xoDY7e8LTfvkuRlVtnDAnXH6YklO_tKyRHl-25n41J_a4MiMrt5SwGC7E7VR98GYhgyebjzoXQIW-Td5R5VzT3JcLW4XjieDS_QF1tU6KS5_IaD0oO26-9ABm5NraT9glzfLvEg0oj5Aq_t1VzKOg=s72-c
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_838.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_838.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content