स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

SHARE: 520

फाइल फोटो

वीरगन्ज,२४चैत : पचास रुपैयाँमै पेटभरि खाना खुवाउने वीरगन्जको मुर्लीस्थित भरपेट भोजनालय बन्द भएको छ । करिब १७ महिना सञ्चालन भएपछि खर्च धान्न नसक्दा भोजनालय बन्द भएको हो । गत पुस तेस्रो साता बन्द भएको भोजनालय अझै सञ्चालनमा आउन सकेको छैन ।

भोजनालय सञ्चालक संस्था सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले बढ्दो महँगीका कारण सञ्चालन लागत बढेपछि भोजनालय बन्द गर्नुपरेको बताए ।साथै, समाजसेवी तथा विभिन्न संघसंस्थाले घोषणा गरेको सहयोग प्राप्त नभएका कारण पनि संकट आएको उनले बताए ।

‘भोजनालय चलाउन विदेशी दाता सहयोग दिन तयार थिए, तर हामीले उनीहरूको सहयोग लिन चाहेनौं,’ उनले भने, ‘हामीले वीरगन्जवासीले भोजनालयको अपनत्व लेओस् चाहेका थियौं, तर त्यसो भएन ।’ मुर्लीमा २०७८ साउन ३१ देखि ५० रुपैयामै भरपेट खाना खुवाउने गरि भोजनालय सञ्चालनमा आएको थियो ।

सर्राफले भोजनालयमा मासिक औसत ४ हजार २ सय जनाले खाना खाने गरेको र उनीहरूले तिर्ने पैसाबाट मासिक करिब २ लाख ७ हजार ४ सय रुपैयाँ आम्दानी हुने गरेको बताए । उनका अनुसार कर्मचारीको तलब, रासन र तरकारी खर्च र घरभाडा गरी मासिक ८ लाख ८० हजार रुपैयाँ जति खर्च हुन्थ्यो । ‘यसरी प्रत्येक महिना आम्दानीभन्दा खर्च बढी भइरहेको थियो,’ उनले भने, ‘यस्तो अवस्थामा भोजनालयलाई निरन्तरता दिन सकेनौं ।’

सर्राफका अनुसार सञ्चालनमा आएको एक वर्षको अवधिमा भोजनालयमा ७७ हजार सेवाग्राहीले खाना खाएका थिए । जसबाट ३८ लाख ९ हजार ८ सय १६ रुपैयाँ आम्दानी भएको थियो । त्यस अवधिमा भोजनालय सञ्चालन गर्न संस्थाले ५९ लाख ९७ हजार १ सय ४६ रुपैयाँ खर्च गरेको थियो । एक वर्षमै संस्थालाई २० लाख ९७ हजार १ सय ४६ रुपैयाँ रकम अपुग भएको थियो ।

भोजनालयमा खाना खानेमा रिक्सा चालक, मजदुर, विद्यार्थी, कर्मचारी र सर्वसाधारण थिए । वीरगन्जका अन्य साधारण होटलमा प्रतिप्लेट खानाको १ सय २० देखि १ सय ५० रुपैयाँ लिन्छन् । भात, दाल, दुईथरी तरकारी, अचार र सागको ५० रुपैयाँमा खान दिने गरिन्थ्यो । बिहान–बेलुका भोजनालयमा खाना खान आउनेको थामी नसक्नुको भीड हुन्थ्यो । बिहान ९ देखि दिउँसो १ र साँझ ६ देखि राति ८ बजेसम्म भोजनालयमा खाना खुवाइन्थ्यो । संस्थाले वीरगन्ज महानगरभित्र दैनिक श्रम गरेर खाने कामदारलाई लक्षित गरेर सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पना गरेको सर्राफ बताउँछन् ।

भोजनालय स्थापनामा अमेरिकी संस्था भिजा फाउन्डेशनले सहयोग गरेको थियो । फाउन्डेसन संस्थाले पहिलो कोरोनाकालमा गरेको कामबाट प्रभावित भएको र त्यसपछि पनि विपन्न तथा मजदुर वर्गलाई लक्षित गरेर यसरी सुलभ मूल्यमा खाना खुवाउने व्यवस्था गर्न संस्थालाई प्रेरित गरेको थियो ।

सामाजिक अभियन्ता प्रकाश थारूले विपन्न र मजदुर वर्गलाई सस्तो मूल्यमा पोषिलो खाना खुवाउने उद्देश्यले सञ्चालित भोजनालय बन्द हुनु दुःखद भएको बताए । ‘वीरगन्ज देशकै प्रमुख आर्थिक नगरी हो, यहाँ दाताको पनि कमी छैन,’ उनले भने, ‘तर, यस्तो पवित्र उद्देश्यले सञ्चालित भोजनालयलाई निरन्तरता दिन किन यहाँका दाता अघि सरेनन् आश्चर्य लागिरहेको छ ।’ शंकर आचार्य/कान्तिपुर

The post वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1345,अपराध,13,ईपेपर,17,खेलकुद,14,मनोरन्जन,14,मुख्य समाचार,46,राजनीति,44,विजनेश,19,समाचार,27,स्वतन्त्र विचार,16,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द
वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/1.Birgunj-04-30.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_54.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_54.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content