स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मेयर सिंहको वाचा पुरा हुदैै : वीरगन्जका ९ हजार बढी घरधुरीले पाए निशुल्क बिजुली

SHARE: 520

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२६ चैत :वीरगन्ज महानगरपालिकाले महिनामा ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको महसुल भुक्तानी गरिदिएपछि पछिल्लो दुई महिनाको अवधीमा ९ हजार भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भइ पदभार ग्रहण गरेकै दिन (जेठ १२ गते) मेयर राजेशमान सिंहले महिनामा ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राही र कृषि मिटरको महसुल निशुल्क गर्ने निर्णय गरेका थिए ।

त्यहि निर्णय महानगरपालिकाले गत माघ महिनादेखि कार्यान्वयन गर्दा दुइ महिनाको अवधीमा ९ हजार ७३ घरधुरी लाभान्वित भएका हुन् ।महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिने उदेश्यले घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएको मेयर सिंहले बताए ।

माघमा ३ हजार ७ सय ६२ र फागुनमा ५ हजार ३ सय ११ घरधुरीले यो लाभ लिएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज र सिमरा वितरण केन्द्रले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरण वीरगन्ज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी महिनामा अधिकतम ३० युनिट विद्युत खपत गर्ने सेवाग्राहीको विद्युत महशुल महानगरले तिरिदिएको विद्युत प्राधिकरणले जनाएको छ ।

यसका साथै कृषि (सिँचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ जना किसानको कृषि मिटरको गरि ३५ हजार २७० रुपैयाँ भुक्तानी पनि महानगरले चुक्ता गरिदिएको मेयर सिंहले बताए ।
उनका अनुसार , माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा त्यो बढेर ३९ वटा पुगेको छ ।किसानहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको सिंहले बताए ।

लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लागेकाले उक्त निर्णय आर्थिक वर्षको सुरुवातबाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको मेयर सिंहले बताए ।

महानगरले गएको पुष ७ गते विद्युत प्राधिकरणको वीरगन्ज र सिमरा वितरण केन्द्रसँग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो ।

सम्झौतामा पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने उल्लेख छ । त्यसैले मिनाहाको लाभ लिनपनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुँदा मिनाहा हुने मिटरको संख्या पनि बढेको विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका लेखापाल राजेश झाले बताए ।

 

The post मेयर सिंहको वाचा पुरा हुदैै : वीरगन्जका ९ हजार बढी घरधुरीले पाए निशुल्क बिजुली appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: मेयर सिंहको वाचा पुरा हुदैै : वीरगन्जका ९ हजार बढी घरधुरीले पाए निशुल्क बिजुली
मेयर सिंहको वाचा पुरा हुदैै : वीरगन्जका ९ हजार बढी घरधुरीले पाए निशुल्क बिजुली
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/mayor-birgunj-.jpg?resize=1024%2C576&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/04/blog-post_34.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/04/blog-post_34.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content