स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र

SHARE: 520

मधेसखबर
वीरगन्ज ,२८ फागुनः बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग व्यपार टाट पल्टने अवस्थामा पुग्दा समेत सरकार र राष्ट्र बैंक मुकदर्शक बनेर बसेको नीजी क्षेत्रले आरोप लगाएको छ ।

आइतबार वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधरणसभामा बोल्दै उद्योगी व्यपारीले कोरोना महामारीले थलिएको नीजी क्षेत्र विस्तारमै लयमा फर्कदै गरेका बेला अहिले बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुरयाएका कारण नीजी क्षेत्र फेरि संकटमा परेको बताए ।

उनिहरुले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे काठमाण्डौमा मात्र नभइ देशभरमै उद्योगी व्यवपारी सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।साधरणसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उद्योग व्यवसाय टाट पल्टने अवस्थामा पुगिरहेका बेला राष्ट्र बैंकका गर्भनर भने हाँसेर बसेको आरोप लगाए ।
श्रेष्ठले भने ,‘ सरकार पनि सत्ताको जोडघटाउमा व्यस्त छन् , राष्ट्र बैंकका गर्भनर उद्योगी र बैंक बिच झगडा लगाएर बसेका छन् ।
उद्योग व्यपारीको समस्या बारे सरकार र राष्ट्र बैंकका गर्भनर जानकार भएरपनि बुझ पचाएर रमिते मात्र बनेको आरोप उनले लगाए ।
त्यसका कारण उनिहरुलाई दबाब दिन सडक आन्दोलनमा उत्रिन उनले देशभरका उद्योगी व्यपारीलाई आह्वान पनि गरे ।

श्रेष्ठले भने ,‘ चर्को ब्याजदरले हामीलाई परेको अप्ठेरो बारे सबै जानकार छन् , तै पनि उनिहरु बुझ पचाएर बसेका छन् , यदि बुझेर पनि काम नगर्ने हो भने अहिले सरकारको नेतृत्व गरिरहेकाहरुलाई पनि सरकारमा बस्ने कुनै अधिकार छैन ।चर्को ब्याजदर विरुद्ध अहिले काठमाण्डौ केन्द्रित आन्दोलन भइरहेकोमा अब सोमबार देखि भने देशव्यापी रुपमा अर्को चरणको आन्दोलन महासंघले घोषणा गर्ने उनले बताए । उनले भने,‘ अबको आन्दोलन राष्ट्र बैक देखि संसद भवन घेराउ सम्मको हुनेछ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले सरकार र राष्ट्र बैंकले उद्योगी व्यपारीलाई पिडा मात्रै दिने काम गरिरहेको बताए । शर्माले भने,‘ अथतन्त्र जस्तो अवस्थाम पुगेपनि बैंकहरुलाई कु्नै असर पुग्दैन किनकि उद्योगी व्यवसायीले ब्याज र ऋण तिर्न सकेन भने बैंकहरुले धितो लिलाम गरि आफनो ऋण असुलि हाल्छन् , सडकमा पुग्ने भनेका त उद्योगी व्यवसायी मात्रै हुन् । त्यसका कारण बैंकहरुको यो नियत बेलैमा बुझेर चर्को ब्याजदर विरुद्ध देशभरका उद्योगी व्यपारी सडकमा उत्रिनु पर्ने उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले पनि राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे उद्योग व्यपारी टाट पल्टिएर सडकमा पुग्ने बताए । उनले भने ,‘ यदि नीजी क्षेत्र टाट पल्टियो भने मुलुकको अर्थतन्त्र पनि धराशायी हुन्छ , यो कुरा सरकारको नेतृत्कर्ता र गर्भनरले बुझे हुन्छ ।

उनले वीरगन्ज नाका अन्र्तराष्ट्रिय व्यापार र राजश्व दुवैका लागि महत्वपुर्ण भएको भएपनि सरकारले यहाका उद्योगी व्यपारीको हित हुने गरि काम गर्नुको सट्टा दुख दिने काम मात्रै गरेको गुनासो पनि गरे । केहि महिना यतादेखी भईरहेको अघोषित लोडसेडींगका कारण पर्सा–बारा औधोगिक कोरीडोरका उधोगहरु झन् धेरै धरासायी बन्दै गएको पनि उनले बताए ।

साधरणसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य अजय चौरसियाले अहिले देशैभरका उद्योगी व्यापारीहरुले खेपिरहेको समस्याका बारेमा आफुले संसद बैठकमा आवाज उठाउने आश्वासन दिए । उनले वीरगन्जका नीजी क्षेत्रकै साथ र समर्थनका कारण नै आफु पटक पटक संसदमा पुगेको स्मरण गराउर्दै नीजी क्षेत्रका बास्तविक समस्या संसदमा उठाउने प्रतिबद्धता व्यतm गरे ।

संघका अध्यक्ष गुप्ताको अध्यक्षता थतथा वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको साधरणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल , पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी , पूर्वअध्यक्ष गणेश लाठ , संघका निवर्तमान अध्यक्ष गोपाल केडिया , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्सा अध्यक्ष अनुप तिवारी लगायतले पनि सम्बोधन गरेका थिए ।

The post चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र
चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/BCCI-3.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_42.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_42.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content