स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा

SHARE: 520

बारा,१२चैते : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै बाराकाे सिमरामा जारी जितपुर–सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बेलुकी भएकाे खेलमा
वीरगन्ज युनाइटेड क्लब विरुद्ध एनआरटीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९औँ मिनेटमा कृतिशरत्न चुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका हुन् ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा १-० काे हार व्यवाेर्दै प्रतियोगिताबाट बाहिरिन पुगेकाे छ । खेलको ४८औँ मिनेटमा वीरगन्जका विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुक्न पुगे । विवेकको प्रहार गोलपोष्टनजिकबाट बाहिरियो ।

पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटीविरुद्ध वीरगन्जले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेकाे थियाे। दोस्रो हाफको सुरुबाटै एनआरटीविरुद्ध आक्रामक खेल खेले पनि वीरगन्जले स्कोर भने बनाउन सकेन ।

खेलको ५४औँ मिनटमा वीरगन्जले एनआरटीविरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितिमा वीरगन्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोलरक्षक पुजन होनाले सहज बचाउ गरे ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा वीरगन्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरियो ।

प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केही आकर्षक गुमाएको थियो, जसकारण वीरगन्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो । खेलको सातौँ मिनेटमा कृतिरत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ६४औँ मिनटमा अशोक थापाले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार वीरगन्जका डिफेन्डरले गोललाइनबाट क्लिएर गरेका थिए ।

एनआरटीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दशहजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ । साभार:नयाँपत्रिका

The post सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा
सिमरा गाेल्डकप : वीरगन्जलाई हराउँदै एनआरटी सेमिफाइनलमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/IMG_6397-scaled.jpg?resize=1400%2C934&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_357.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_357.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content