स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

SHARE: 520

मधेसखबर
वीरगन्ज ,३० फागुनः वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन , मतदाता नामावली बारेको विवादले फेरि अन्यौलमा परेको छ ।मतदाता नामावलीका विषयमा विधार्थी संघसंगठन र क्याम्पस प्रशासन बिच पटक पटक हुदै आएको विवादका कारण स्ववियु निर्वाचन अन्यौलमा परेको हो ।

मतदाता नामावलीकै बारे विधार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चैत ५ मा हुने निर्वाचन , तीन दिन पछि धकेलेर चैत ८ गते गर्ने गरि सोमबार साँझ नयाँ मतदाता नामावली सहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर सोमबार साँझ सार्वजनिक मतदाता नामावली प्रति फेरि विवाद जनाउदै विधार्थी संघसंगठनहरुले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यसले चैत ८ मा निर्वाचन समितिले तोकेको निर्वाचन फेरि अन्यौलमा परेको हो ।

सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राख्दै मङगलबार बिहान नेपाल विधार्थी संघ , अनेरास्ववियु , अखिल क्रान्तिकारी , समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष , निर्वाचन समितिको कार्यालय , सुचना प्रविधी शाखा र विधार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका हुन् ।

फोटो सहितको मतदाता नामावली प्रकाशन र मतदाता विधार्थीहरुको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्नु पर्ने आफुहरुको माग रहेको समाजवादी विधार्थी युनियनका क्याम्पस इकाई उपाध्यक्ष शशी सर्राफले बताए ।यी दुवै काम नभए सम्म निर्वाचन प्रकृया अगाडि बढ्न नदिने भन्दै उनले क्याम्पस प्रशासनले बेवास्ता गरे सम्पूर्ण विधार्थी संघसंगठनहरु आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

यअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावली प्रति पनि विरोध जनाउदै फागुन २६ गते विधार्थीहरुले क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७०० मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।

नयाँ निर्वाचन तालिका अनुसार , मंगलबार उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको छ ।तर मंगलबार विधार्थी संघसंगठनहरुले क्याम्पसमा तालाबन्दी नै गरेपछि यसले अब चैत ८ मा हुने भनिएको निर्वाचन पनि अन्यौलमा परेको छ ।

निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहदा पनि विधार्थी संघसंगठनहरुले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए ।

फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने निर्देशन नै नभएको उनले बताए । मतदाता विधार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिदै उनले भने ,‘ यो विषयलाई लिएर विवादगर्नुको कुनै अर्थ छैन , क्याम्पस प्रशासनले परिचयपत्रको व्यवस्थापन गरि नै हाल्छ , त्यसका कारण विधार्थीले तनाव लिनु र विवाद गर्नु जरुरी छैन ।

क्याम्पसका विभिन्न शाखामा गरिएको तालाबन्दीका सन्दर्भमा निर्वाचन अधिकृत लामिछानेले भने,‘ तालाबन्दीले कुनै असर पर्दैन , चैत ८ मै निर्वाचन हुन्छ , त्यसका लागि क्याम्पस प्रशासनले विधार्थीहरुसंग छलफल गरेर निर्धारित तालिका अनुसार निर्वाचन प्रकृया अगाडि बढाउछ ।

The post विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,8,news,1383,अपराध,20,ईपेपर,24,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,66,राजनीति,64,विजनेश,20,समाचार,28,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा
विधार्थी संगठनहरुको विवादले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/03/trmc-campus.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/03/blog-post_16.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/03/blog-post_16.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content