स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

कर्मचारी कुट्नेविरुद्ध रौतहट प्रहरीले लिएन प्राधिकरणको किटानी जाहेरी

SHARE: 520

१२ फागुन, काठमाडौं । राजनीतिक दबावमा जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै दिएको किटानी जाहेरी दर्ता अस्वीकार गरेको छ । त्रिभुवन साह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित नेतृत्वमा आएको करिब ३० जनाको समूहले प्राधिकरणको मौलापुर वितरण केन्द्र परिसरमा पसी सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरी अपहरण शैलीमा जबरजस्ती गाडीमा राखेर लगि अनधिकृत रूपमा बिजुलीको लाइन जोड्न लगाएका थिए ।

प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले गत सोमबार घटनामा संलग्न व्यक्तिहरुले मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण सम्बन्धी कसूर गरेको हुँदा सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रमुख साहले प्रमाणको रुपमा घटना भएको समयको सिसिटिभी फुटेजसमेत पेश गरेका थिए ।

फुटेजमा कर्मचारीलाई कुटपिट गदै गाडीमा हालेर लगेको देखिन्छ । तर, पाँच दिन पुग्दासमेत प्रहरीले किटानी जाहेरी दर्ता गरी घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेको छैन ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको दबावमा प्रहरीले किटानी जाहेरी दर्ता नगरेको प्राधिकरणका कर्मचारीहरु आरोप लगाउँछन् । मौलापुर नगरपालिकाका मेयर साहकै श्रीमती रीनाकुमारी छिन् ।

कार्यालय परिसरमै कर्मचारीलाई कुटपिट र अपहरण भएपछि त्यहाँ कार्यरत सबै कर्मचारीले असुरक्षा महसुस गरी सरुवाको माग गरिदिन निवेदन दिएको प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्, केन्द्र नै बन्द गर्न कर्मचारीबाट दबाव आइरहेको छ’, उनले भने ।

प्राधिकरणको मौलापुर वितरण केन्द्रले शुक्रबारबाट अत्यावश्यक सेवा बाहेक कार्यालयबाट प्रवाह हुने अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । प्रहरीले किटानी जाहेरी दर्ता नगरेको, घटनामा संलग्नमाथि कारबाही नभएको र कर्मचारी असुरक्षित भएको भन्दै वितरण केन्द्रको सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।
‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्’, उनले भने । उनले मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले सामूहिक रुपमा सरुवा र जीउज्यानको सुरक्षा माग गर्दै प्रादेशिक कार्यालयमा निवेदन दिएको ठाकुरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले भने पीडित व्यक्ति प्रहरी कार्यालयमा नआएकाले जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउन नसकेको दाबी गरे । अर्को पक्षबाट पनि उजुरी आएको भन्दै उनले दुबै पक्ष राखेर छलफल गरिने बताए । ‘हामीले बोलाएका छौं, आइतबार आउनु भयो भने दुबै पक्षसँग छलफल हुन्छ,’ उनले भने ।

के थियो घटना ?

मौलापुरमा मधानी महायज्ञ आयोजना गरिएको थियो । गत शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई महायज्ञमा प्रमुख अतिथि बनाइएको थियो । आयोजकले महायज्ञस्थलमा बिजुली जडान गरिदिन प्राधिकरणको मौलापुर वितरण केन्द्रलाई मौखिक रुपमा आग्रह गर्दै आएको थियो ।

केन्द्रले नियमअनुसार अस्थायी रुपमा मिटर जडान नगरी बिजुली जडान गर्न नसकिने जानकारी गराउँदै आएको थियो । त्यस क्षेत्रका सांसद साहले सडक कार्यालयले आफैं मर्मत सम्भारको काम गरेको  भन्दै प्राधिकरणले बिजुली जडानको काम किन नगरेको ? भन्दै कार्यालय प्रमुखलाई चेतावनी दिएको प्राधिकरणको दाबी छ ।

‘विना मिटर बिजुली जडान गर्न सकिंदैन, अस्थायी मिटरको व्यवस्था छ सोहीअनुसार लाइन जडान गर्न सकिन्छ भनेर माननीय ज्यू (प्रभ साह)लाई जानकारी गरायौं, तर उहाँले बारम्बार त्यो नसिकाउनु होस्, जसरी लाइन जोड्नुहोस्, यदि भएन भने हाकिमलाई कालोमोसो दल्ने, हात खुट्टा भाँचिदिनेसम्मका धम्की दिनुभयो,’ प्राधिकरण स्रोतले भन्यो ।

मिटर जडान नगरी बिजुली दिन नसकिने जानकारी प्रमुख जिल्ला अधिकारीलाई पनि गराएको र मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई पनि अहिले निवेदन दिन र महसुलका विषयमा पछि छलफल गरौंला भनिएको प्राधिकरणले बताएको छ ।

‘तर कार्यक्रम हुने दिन विहान ९.४५ तिर केन्द्रको कार्यालयमा प्रवेश गरी कर्मचारीलाई किन बिजुली नजोडेको भन्दै गुण्डागर्दी शैलीमा कुटपिट गर्न थाले, अपहरणको शैलीमा गाडीमा हालेर लगीे प्राधिकरणको विनियमावली विपरीत अनाधिकृत रुपमा बिजुली जडान गर्न लगाए,’ स्रोत भन्छ ।

सांसद साहको खण्डन

यता नगर प्रमुख रीना कुमारी साहले भने केन्द्र प्रमुख साहले विद्युत् लाइन अवरुद्ध गरी महायज्ञलाई प्रभावित बनाउन बनाउन खोजेको र सोधपुछ गर्दा उल्टै गालीगलौज गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

सांसद साहले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । कुनै कर्मचारीलाई नगरपालिकाले गरेको कार्यक्रम मन नपर्न सक्ने भन्दै उनले प्राधिकरणको आधिकारिक रुपमा फेसबुकमार्फत विरोध गरिएको भन्दै त्यसको निन्दा गरेका छन् ।
उपराष्ट्रपति पुन सहभागी कार्यक्रमको दिन लाइन काटिएको भन्दै उनले वितरण केन्द्रबाटै लाइन गुण्डागर्दी शैलीमा अवरुद्ध गरिएको आरोप लगाए । उनले संसदमै विद्युत प्राधिकरण सरकारको स्वामित्वमा भए/नभएको, प्राधिकरणका प्रबन्ध निर्देशक कानुन मातहत भए/नभएको भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।

‘कर्मचारीमाथि कानुन लाग्छ कि लाग्दैन ?’ उनले संसदमा भनेका छन्,‘विद्युत प्राधिकरण नियम कानुनकै मातहतमा हिँड्नुपर्छ ।’ सेवाग्राही सोधपुछ गर्न जाँदा आक्रमण भएको भन्दै उनले प्राधिकरण व्यक्तिको जस्तो भएको आरोप लगाए ।

प्राधिकरणले भने वितरण केन्द्रका कार्यालय प्रमुख लगायतका कर्मचारीहरु उपर झुठा आरोप लगाइएको दाबी गर्दै खेद व्यक्त गरेको छ ।


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,25,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,80,राजनीति,71,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: कर्मचारी कुट्नेविरुद्ध रौतहट प्रहरीले लिएन प्राधिकरणको किटानी जाहेरी
कर्मचारी कुट्नेविरुद्ध रौतहट प्रहरीले लिएन प्राधिकरणको किटानी जाहेरी
https://www.onlinekhabar.com/wp-content/uploads/2023/02/aaaaaaaaaaaa.jpg
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_899.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_899.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content