मधेसखबर
वीरगन्ज,२८माघ : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा शनिबार आयोजित निशुल्क आँखा परिक्षण शिविरमा २१५ जनाको आँखा चेकजाँच गरिएको छ ।
दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मन्च र देवीमाइ पूजा समितिको संयुक्त आयोजनामा भएको शिविरमा दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टर वीरगन्जका स्वास्थ्यकर्मीहरुले स्थानीयको आँखा चेकजाँच गरेका थिए ।
शिविरमा आाँखा जचाएका २१५ जना मध्ये ५७ जनामा मोतिया विन्दुको समस्या भेटिएको डाक्टर अर्चना केशरीले जानकारी दिइन् । उनिहरुको आगामी बुधबार दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरमा विशेष छुट सहित शल्यकृया गरिने दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मन्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।
समाजसेवी कृष्णमोहन यादवको अध्यक्षता उंव वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको निशुल्क आँखा शिविरमा मनोज महत्तो केवट , जयप्रकाश महतो केवट ,समसुल हक मियाँ, सन्जय चौधरी, शिवशंकर यादव,सुभाष यादव,सारदा देवी,शीवजी साह लगायतको पनि उपस्थिती रहेको थियो ।
The post जानकीटोलामा आयोजित निशुल्क शिविरमा २१५ जनाको आँखा परिक्षण appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया