स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु

SHARE: 520

मधेसखबर
वीरगञ्ज ,फाल्गुन १२ गते : देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन शुक्रबारबाट वीरगन्जमा सुरु भएको छ । नेपाल बार एशोसिएशनको आयोजनामा वीरगन्जमा शुक्रबार अर्थात फाल्गुन १२ देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र बारको केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने जनाई अनुसार सम्मेलनको सुरुवात भएको छ ।

वीरगंजको घन्टाघरदेखि आदर्शनगरसम्म प्रभातफेरीसँगै आजदेखी सम्मेलनको सुरुवात भएको हो ।
सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी महिला कानुन व्यवसायीहरुको सहभागिता रहेको छ ।‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनले मुलुकमा महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, संघीय संरचनमा महिला सहभागिता, पेसागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायता लगायतका विषयमा अवधारणापत्र र कार्ययोजनामाथि छलफल गर्ने जनाइएको छ ।


नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एंव मधेस प्रदेशका संयोजक सुधिर कुमार कर्णले मधेस प्रदेशमा कानून व्यवसायी महिलाको संख्या एकदमै कम भएकाले यो सम्मेलनले मधेस प्रदेशमा समेत कानून व्यवसाय प्रति महिलालाई आकर्शित गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।

आजदेखी सुरु भएको सम्मेलनको उद्घाटन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गरेका हुन् ।
अधिवक्ता कर्णका अनुसार फागुन १३ गते शनिवार वीरगन्ज घोषणापत्र जारी गरि सम्मेलन सकिने र सम्मेलन सकिए लगत्तै फागुन १३ गते नै नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बस्नेछ । उक्त बैठकको उद्घाटन संघिय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री धुब बहादुर प्रधानले गर्ने जानकारी कर्णले दिए । उक्त बैठकमा देशभरबाट ८ सय जना कानून व्यवसायीहरुको सहभागिता रहने कर्णले बताएका हुन् ।

नेपाल बारमा नयाँ कार्यसमिति आएसँगै बारले देशभरका महिला कानुन व्यवसायीको सम्मेलन गर्दै आएको छ । हालसम्म कानुन व्यवसायीका रूपमा बार काउन्सिलमा सूचीकृत महिला कानुन व्यवसायीको संख्या भने तीन हजारको हाराहारी रहेको छ ।

The post देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु
देशभरका महिला कानुन व्यवसायीहरुको ३० औँ राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/1677244221132-scaled.jpg?resize=1400%2C662&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_767.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_767.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content