स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

SHARE: 520

मधेसखबर

कलैया ,२१ माघ :नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेकाे पात्रलाई राष्ट्रपति बनाइए संविधान र लाेकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेकाे बताएका छन् ।

बाराकाे कलैयामा शनिबार आयाेजित नेपाल प्रेस युनियन मधेस प्रदेशकाे प्रथम अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै थापाले यस्ताे बताएका हुन् । थापाले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै भने, एमालेका काेहि नेताले खल्तीबाट निकालेकाे पात्रलाई यदि राष्ट्रपति बनाइयाे भने संविधानका साथै लाेकतन्त्र पनि दुर्घटनामा पर्ने निश्चित छ ।

एमालेका नेताकाे खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्याे राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानले परिकल्पना गरेकाे विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेकाे थापाकाे भनाई थियाे ।उनले भने , त्यहि भएर मैले प्रधानमन्त्री लाई भेटेरै भनेकाे छु एमालेका नेताले खल्तीबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाइयाे भने अहिलेकाे संवैधानिक अभ्यासलाई डुबाउने छ,किनकि विगतकाे अभ्यासले यसलाई पुष्टि नै गरिसकेकाे छ, त्यसकारण विगतकाे त्याे नियती दाेहाेर्याउने काम कदापि नगर्नु हाेला ।

थापाले देशमा अहिले राष्ट्रपतिकाे माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरेकने पनि बताए ।त्यसलाई विफल पार्न काँग्रेस उभिएकाे पनि उनले प्रष्ट पारे ।

काँग्रेस एक पटक सरकारमा नजादैमा सबै बर्बाद भयाे , पार्टी नै सक्कियाे भन्ने जसन धारणा पार्टी भित्र बनाइदै छ त्याे गलत भएकाे महामन्त्री थापाले बताए ।उनले भने, एकपटक सरकारमा नजादैमा काँग्रेस बर्बाद भयाे भन्ने साेच्नु ठिक हाेइन, याे काँग्रेसकाे संगठन सुदृढ र सबल बनाउनेअवसर पनि हाे हाम्रा लागि ।

काँग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सकाए लगत्तै आफुहरु हरेक वडा , पालिका र जिल्लामा पुग्छाै, संगठनलाई सबल बनाउन तिर लाग्ने उनले बताए ।

अहिलेकाे शासन व्यवस्थाकाे प्रणाली उत्कृष्ट भएपनि यसमा भित्रीएका विकृतिका कारण जनतामा निराशा रहेकाे पनि उनले बताए ।उनले भने, आम जनतामा चरम निराशा र असन्तुष्टि छ, यदि त्याे कुनै पनि बखत विस्फाेट हुन सक्छ, जसले कसलाई कहाँ पुर्याउनेछ त्याे भन्न सकिन्न ।

उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिलेकाे सरकार सन्चारमैत्री नभएकाे आराेप लगाए ।उनले भने,सरकार सुचनाकाे हकलाईदनै कुण्ठित गर्ने प्रयासमा छ, त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने तयारी गरिरहेकाे छ।

 

उनले विगतमा जे जस्ताेभएपनि अब भने प्रेसयुनियन विधिविधान अनुसार नै चल्ने बताए । प्रेस युनियन श्रमजीवीकाे पक्षमा काम गर्ने संस्था भएकाे भन्दै उनले आफ्नाे कार्यकालमा कसैलाई पनि अन्यायमा पर्न नदिने बताए ।

 

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णकाे अध्यक्षतामा भएकाे उद्घाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पाैडेल, काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , गुरुराज घिमिरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान लगायतले अधिवेशन सफलताकाे शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

The post एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,117,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा
एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/IMG_20230204_121433.jpg?resize=1024%2C768&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_40.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_40.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content