बिरगंज / आइतबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिदै चाडर्वहरु (होली) नजिकिदै गर्दा अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक तथा बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।बैठकमा अहिले भैरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिए सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ ।
बैठकमा बिरगंज का होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटी , वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुर शाखा प्रमुख विपिन लाल कर्न नगरपालिका कर्मचारी नेहा मिश्राका साथै सरोकारवाला संघसंस्था र निकायका प्रतिनिधीहरुको पनि सहभागिता थियो । सो को जानकारी बिरगंज महानगर पालिका का उप-प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।
प्रतिक्रिया