मधेसखबर
वीरगन्ज,०४माघ : साहिब दरबार सेवा संस्थानले वीरगन्जका दुइ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा श्री सुन्दरमल रामकुमार कन्या मावि र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वीटर उपलब्ध वितरण गरिएको हो ।
कन्या माविमा १ सय ५० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।
यस्तै इनर्वा मक्तममा पनि १ सय ५० जना विद्यार्थीका लागि स्वीटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् ।
कन्या मा.वि.कि शिक्षिका अन्नपूर्न मानन्धरको विशेष पहलमा दुबै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा स्वीटर उपलब्ध गराइएको संस्थाकी कोषाध्यक्ष त्वायनाले बताइन् ।संस्थाले जाडोमा न्यानो बनाउने अभियान अन्तर्गत आधारभुत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा स्वीटर वितरण गरेको हो ।
यसअघि संस्थानले सडक पेटी र खुल्ला आकासमा रात विताउन बाध्य विपन्नहरुलाई पनि कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रीतहरुलाई पनि न्यानो कपडा कम्बल उपलब्ध गराएको थियो ।
बुधबार विद्यालयमा आयोजित स्वीटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
The post साहिब दरबारले वीरगन्जका ३०० बालबालिकालाई बाड्यो स्वीटर appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया