स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा

SHARE: 520

फाइल फोटो

काठमाडौं,०५माघः नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो पाँच महिनामा विद्युत चुहावट १२.०५ प्रतिशतमा झारेको छ । गत असारसम्ममा १५.३८ प्रतिशत रहेको समग्र प्रणालीको विद्युत चुहावट पछिल्लो ५ महिनामा ३.३३ प्रतिशतले घटेर १२.०५ प्रतिशतमामा झरेको हो ।

सबै भन्दा बढि विद्युत चुहावट मधेस प्रदेश र सबै भन्दा कम चुहावट लुम्बिनी प्रदेशमा रहेको छ । विद्युत चुहावट मधेस प्रदेशमा १२.८० प्रतिशत र लुम्बिनी प्रदेशमा ३.९७ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणका अनुसार वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारिएको छ । नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत बिन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा वितरणतर्फको विद्युत चुहावट १०.८६ प्रतिशत थियो ।

चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत चुहावट भएको छ ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको बताए । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको छ, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो । ’

हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनहरुको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा आएको उनले बताए ।

जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।

गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

The post विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,116,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा
विद्युत चुहावट सबै भन्दा बढि मधेस प्रदेशमा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/Birgunj-biduth-pradhikaran-power-house-birgunj.jpg?resize=1024%2C537&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/01/blog-post_59.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/01/blog-post_59.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content