नितेश कर्ण
बिरगंज / सभ्य समाज को पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान मुल नारा का साथ मदेश प्रदेश स्तरीय श्रमिक महिला भेला आज जनकपुर मा सम्पन्न भएको छ।
लैंगिक हिंसाविरुद्ध १६ दिवसीय अभिनय अन्तरगत आज मदेश प्रदेश को राजधानी जनकपुरधाम मा मदेस प्रदेश स्तरीय श्रमिक महिला समेलन जनकपुर धाम मा सम्पन्न भएको छ।
मदेश प्रदेश मा महिलाहरु मा शिक्षा को दर कमि रहेको र सबै भन्दा पहिला महाला लाई शिक्षित गर्न अव्यशेक रहेको प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य तथा मुख्य मन्त्री का प्रवक्ता राम अशिस यादब ले बताए। महिला ले आफ्नो अधिकार आफै खोज्नु जरूरी रहेको र कानुनको पालना गर्न समेत आव्यशेक रहेको उनले बताए। घरेलु हिँसा तथा विभिन्न किसिमका हिंसा को बिषयमा महिला ले पहिला स्वयं खुलेर आउन अव्यशेक रहेको प्रमुख अतिथि यादवले बताए।
कार्यक्रम को अध्यक्षता दिव्य यूवा क्लव पर्सा का उमेश चौहान ले गरेका थिए । कार्यक्रम मा पटेर्वा सुगौली गाउँ पालिका का उपा अध्यक्ष ममता महतो, नेपाल मानवअधिकार आयोग मदेश प्रदेश का कार्यालय प्रमुख मन्जु खतिवडा, एक्सन एसिड नेपाल का शिव नारायण चौधरी लगाएत जनप्रतिनिधि, महिला को क्षत्रमा काम गर्ने मदेश प्रदेश भरिको बिभिन्न संघ संस्था वाट आवद व्यक्ति हरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया