
एजेन्सी
०८ पुस: भारतको सिक्किममा शुक्रबार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ ।
मृत्युु हुननेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।
सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटना प्रति दुःख व्यक्त गर्दै शाेकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।
The post सिक्किममा ट्रक दुर्घटना , १६ सैनिकको मृत्यु appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया