मधेसखबर
वीरगन्ज ,०२ मंसिर : पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटाेलमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
दाइजाे एंव सामाजिक कुरिती विरुद्धको जागरण मञ्चले आयाेजना गरेकाे शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा बिरामीहरुलाई ओैषधि वितरण पनि गरिएकाे मञ्चका अध्यक्ष ब्रिजेश्वर प्रसाद चाैधरीले जानकारी दिए ।
शुभम क्लिनिककाे प्राविधिक सहयाेगमा आयाेजित शिविरमा डाक्टर मनाेज गुप्ता , डाक्टर प्रमिला गुप्ता , डाक्टर नवीन कुमार सिंह, डाक्टर श्यामबाबु साह लगायतको चिकित्सककाे टाेलीले स्वास्थ्य परिक्षण गरेकाे थियाे ।
समाजसेवी सुध महताे केवटकाे अध्यक्षता तथा वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाकाे प्रमुख आतिथ्यामा भएकाे शिविरमा सहरुम राउत गद्दी , कृष्णमाेहन यादव, जय प्रकाश महताे लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।
The post जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया