ग्यासु मिया देवान
बिरगंज / देश प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएको छ ।
विभिन्न राजनीतिक दलका उमेदवारहरु आ-आफ्नो छेत्रमा भोट माग्न घर दैलोमा गैइ जनतालाई हाथ जोडी विभिन्न आश्वासन दिइएर भोट मागी रहेका छन ।
यसैगरी बारा जिल्लाको निर्वाचन छेत्र न.४ मा प्रतिनिधि सभा सदस्य उमेदवार हरु बीच तिब्र प्रतिस्पर्धा देखिएको छ ।
जस मध्ये अग्रस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार जलिल देवानको चर्चा व्यापक रुपमा हुन थालिएको छ ।
इमानदार र बिकास प्रेमी नेताको रूपमा आफ्नो परिचय जमाउन सफल रहनु भएको तथा जनताको रुझानमा जलिल देवान अग्रस्थानमा रहेको आम स्थानीय मतदाताहरुले बताएका हुन ।
हिन्दु राष्ट्र कायम र संघियता विरुद्धमा रहेकोे राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार जलिल देवानको यसपालि जित सुनिश्चित रहेको स्थानीय मतदाताहरुको भनाइ छ ।
जनताको सेवामा दिन रात खटिएका इमानदार र लोकप्रिय नेताको रुपमा पहिचान बनाउन सफल रहेको जलिल देवानलाई जिताउन बारा जिल्ला निर्वाचन छेत्र न.४ का स्थानीय हिन्दु- मुस्लिम समुदायहरुले लागी परेका छन ।
प्रतिक्रिया