बीरगन्ज / बीरगन्ज वडा न १६ मा स्वतन्त्रबाट वडा अध्यक्ष को उम्मेदवार अनवर अली जसपा र काग्रेस को उम्मेदवार लाई टक्कर दिईरहेका छन्।
बीरगन्ज को ३२ वटा वडा मा वडा न १६ सबैभन्दा ठुलो वडा हो । यस वडा मा सबैभन्दा बढी ७५८४ जना मतदाता छन्। नगवा, इनर्वा, नयाँ टोल, मिथिलानगर लगायत आधा दर्जन टोला रहेको छ । मेयर र उप मेयर को जित हार को दृष्टि ले पनि यो वडा को मतदान धेरै महत्व राख्छ ।
वडा अध्यक्ष मा ९ जना ले उम्मेदवारी दिएका छन्। जसपा बाट परशुराम प्रसाद चौरसिया, काग्रेस बाट मनोज जयसवाल , एमाले बाट असहाव ठकुराई, लोसपाबाट मदन प्रसाद यादव, राप्रपाबाट मगदिश राउत अहिर, जनमत पार्टी बाट निकेश महतो , विवेकशील पार्टी बाट विनिता देवी एवम् स्वतन्त्र बाट अनवर अली र महम्द हसमुल्लाह ले उम्मेदवारी दिएका छन्।
यस वडा मा जसपा, काग्रेस र स्वतन्त्र उम्मेदवार अनवर अली विच त्रिपक्षिय प्रतिस्पर्धा हुने स्थानियहरु बताउन्छन्। अली नेकपा एमाले का वागी उम्मेदवार हुन्। केही साता अधि काग्रेस का असहाव ठकुराई एमाले प्रवेश गरेका थिए । नेकपा एमाले बीरगज महानगर कमिटी का उप सचिव रहेका अनवर अली लाई अन्तिम समय मा टिकट नदिए पछि अली ले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मलाई मात्र होइन ४ जना नपस मा पनि एमाले कार्यकर्ता लाई टिकट नदिए पछि कार्यकर्ताहरुको भावना को कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिन वाध्य भएको अली को भनाइ छ । अली भन्छन ' वडा को सिङो एमाले कार्यकर्ता मेरो साथ छन्। ' विगत ५ वर्ष देखी वडावासी को दुखसुख मा साथ दिन्दै आएको ले अहिले जनताको अपार साथ पाइरहेको दावी गरीरहेका छन ।
प्रतिक्रिया